२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । तिहारपछि ह्वात्तै घट्न थालेको सुनचाँदीको मूल्यमा गिरावट रोकिन सकेको छैन। तिहार बिदापछि कारोबार सुरु भएयता लगातार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ घटेको छ।
तिहारअघि कात्तिक २३ गते सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ थियो। त्यसपछि कात्तिक २७ गते एकैपटक १२ हजार ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो। त्यसयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि लगातार गिरावट आएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ९९२ रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३ हजार ६०० रुपैयाँ र शुक्रबार ३ हजार ७०० रुपैयाँ कायम थियो।
तिहारअघि कात्तिक २३ गते चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको थियो। त्यसयता चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij