Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने


  • 344
    Shares

    • images
    एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

    काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम छ ।

    भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको पार्टीले जनाएको छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

    उनका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुनेछ । भेलाका एजेन्डालाई सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।

    भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

    भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

    भेलाले पार्टीको आगामी राजनीतिक कार्यदिशा र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरी आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - ०८:४१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij