Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा

राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा


  • 239
    Shares

    • images
    राष्ट्रिय भेला उद्घाटनका लागि अध्यक्ष ओली कार्की बैंक्वेटमा

    काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदैछ । भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन् । 

    देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुँदै छन् । अध्यक्ष केपी शर्मा ओली उद्घाटनका लागि राष्ट्रिय भेला उद्घाटन समारोहस्थल पुगेका छन् । भेलामा सहभागीहरूको हाजिरी र परिचयपत्र वितरण धमाधम भइरहेको छ । 

    भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी,  वाचश्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठ सहभागी छन् । विजयलाल नेकपा संस्थापक महासचिव पुष्पलालको भाइ हुन् ।

    राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको हो । पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटी,  संसददेखि पालिकासम्मका प्रतिनिधिसहितको यो पहिलो भेला हो ।  

    भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सहित विशेष सम्बोधन गर्नु हुने छ । त्यसैगरी वरिष्ठ नेता तथा सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन हुनेछ । वरिष्ठ नेता भण्डारी पार्टीमा औपचारिक पुनरागमन पछि पहिलो र विशेष सम्बोधन हुनेछ ।

     

     

     

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - ११:४३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij