Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

एमाले राष्ट्रिय भेलाको बन्द सत्र सुरु

एमाले राष्ट्रिय भेलाको बन्द सत्र सुरु


  • 134
    Shares

    • images
    एमाले राष्ट्रिय भेलाको बन्द सत्र सुरु

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रसुरु भएको छ ।  

    माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा जारी भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिइरहेका छन् ।

    भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ ।

    त्यसपछि राष्ट्रिय भेलाको समापन हुने र अपराह्न ३:०० बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिए । 

     

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १०:००:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij