Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

ओलीले गरे एमालेको राष्ट्रिय भेला उद्घाटन, ३४१४ प्रतिनिधि सहभागी

ओलीले गरे एमालेको राष्ट्रिय भेला उद्घाटन, ३४१४ प्रतिनिधि सहभागी


  • 141
    Shares

    • images
    ओलीले गरे एमालेको राष्ट्रिय भेला उद्घाटन, ३४१४ प्रतिनिधि सहभागी

    काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेलाको उद्घाटन गरेका हुन् ।

    भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुनेछन् । भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठसमेत सहभागी छन् । विजयलाल नेकपाका संस्थापक महासचिव पुष्पलालका भाइ हुन् ।

    राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन तथा आगामी स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको एमालेले जनाएको छ । स्थानीय कमिटीदेखि केन्द्रीय कमिटी, संसद् र पालिकासम्मका प्रतिनिधिहरू सहभागी भएको यो पार्टीको पहिलो भेला हो ।

    भेलामा २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । साथै, पार्टीको राजनीतिक कार्यदिशा, आगामी स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको राजनीतिक लाइनमा एकरूपता कायम गर्ने विषयमा प्रशिक्षण तथा बहस हुने बताइएको छ ।

    गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने र पार्टीले गर्नुपर्ने १५ वटा कामको जिम्मेवारी तथा कार्यसम्पादनबारे पनि भेलामा छलफल हुनेछ ।

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १२:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij