२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेको प्रहरीले जनाएको छ।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका वाङलाई विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका वाङलाई बरामद गरिएको सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा पठाइएको छ।
उनीबाट बरामद भएको सुनको स्रोत र नेपाल ल्याउनुको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij