२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले सातै प्रदेशका अधिवेशनको मिति तय गरेको छ ।
समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयले सातै प्रदेका अधिवेशनको मिति तय भएको र सबै अधिवेशनको प्रमुख अतिथि पूर्वसभापति शेरबहादुर देउवा हुने पनि निश्चित भएको सम्पर्क कार्यालयका मुख्यसचिव दीपक कुइकेलले जानकारी दिएका छन् ।
कुइकेलका अनुसार सबैभन्दा पहिलो गण्डकी प्रदेशको अधिवेशन हुनेछ भने अन्तिममा कोसी प्रदेश अधिवेशन हुने भएको छ। गण्डकी प्रदेश अधिवेशन मंसिर ५ गते पोखरामा, लुम्बिनी प्रदेश अधिवेशन मंसिर ७ गते बुटवल वा दाङमा हुने भएको छ।
साथै, कर्णाली प्रदेश अधिवेशन मंसिर १३ गते सुर्खेतमा, मधेस प्रदेश अधिवेशन मंसिर १४ गते जनकपुरमा, सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ गते धनगढीमा र कोसी प्रदेश अधिवेशन मंसिर १७ गते विराटनगरमा हुने तय भएको मुख्यसचिव कुइकेलले जानकारी दिएका छन्।
मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने मिति तय गरेको समूहले अहिले जिल्ला अधिवेशनहरू गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij