२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन भएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले मंसिर ५ गते तय भएको केन्द्रीय कमिटी बैठक मंसिर ४ गतेलाई सारिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।
बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाका एजेण्डामाथि छलफल भएको छ । नेता भट्टका अनुसार दुई दिने राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने प्रस्तुत गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिबारे कार्यपत्र तथा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
उपाध्यक्ष विष्णु पौडेलले एमालेको सरकारको कार्यकालमा गरेका विकासका कामहरूबारे तथ्यांकसहित कार्यपत्र र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण तथा शुद्धीकरणसम्बन्धी कार्यपत्र पेस गर्नेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij