Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

महादेवटार सुरुङ ब्रेकथ्रु

राष्ट्रपति पौडेलले गरे महादेवटार सुरुङको ब्रेकथ्रु

राष्ट्रपति पौडेलले गरे महादेवटार सुरुङको ब्रेकथ्रु


  • 169
    Shares

    • images
    राष्ट्रपति पौडेलले गरे महादेवटार सुरुङको ब्रेकथ्रु

    काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ब्रेकथ्रु भएको छ।

    ३ हजार ४२२ मिटर लामो सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन्। द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो। 

    आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ। यद्यपि, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको जग्गा अधिग्रहण विवाद अझै चुनौतीका रूपमा रहेको छ।

    ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको यात्रा समय तथा दूरी घट्नुका साथै व्यापार, पर्यटन र आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

    उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना र निर्माण व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए। 

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - ११:३१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij