२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक शुरु भएको छ । मंगलवार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुरु भएको हो ।
एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिसकेको छ । उक्त भेलाको तयारी तथा छलफलका विषय र एजेण्डा तय गर्न स्थायी कमिटीको बैठक बसेको हो ।
बैठकमा राष्ट्रिय भेलालाई व्यवस्थित बनाउने, भेलामा प्रश्तुत गरिने विषयवस्तु र पार्टीका यसअघिका निर्णय कार्यान्वयनलगायत विषयमा छलफल हुने बताइएको छ ।











© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij