२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पहिलो सुनुवाइ हुने भएको छ ।
यसअघि सोमबार पेसी चढेकोमा छठको सार्वजनिक बिदा परेकाले बुधबारलाई पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको हो ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij