२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्य तथा धादिङको थाक्रे गाउँपालिका पार्टी संयोजक दयाराम कार्कीले पार्टीको साधारण सदस्यतासमेत त्यागेका छन् ।
कार्कीले मंगलबार प्रदेश र जिल्ला कमिटीलाई राजीनामा पत्र बुझाउँदै पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यताबाट अलग भएको घोषणा गरेका हुन् ।
२०५७ साल चैत १३ गते तत्कालीन नेकपा माओवादीको साधारण सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका कार्कीले २६ वर्षपछि पार्टी छाड्ने निर्णय गरेका हुन् ।
राजीनामा पत्रमा उनले पार्टीभित्रको गुट–उपगुट, आपसी अविश्वास, एकअर्काको खुट्टा तान्ने प्रवृत्ति र व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको भन्दै असन्तुष्टि जनाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij