Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा


  • 36
    Shares

    • images
    पूर्वआईजीपी दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

    काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुँदैछ।

    कार्कीको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।

    सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।

    मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफूलाई अन्यायपूर्वक पदबाट हटाइएको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    उनले प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्नुका साथै नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन्।

    तिहार र छठ पर्वको सार्वजनिक बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि बुधबारका लागि प्रारम्भिक सुनुवाइको पेसी तोकेको हो।  

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १०:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij