२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा हिमपातको पनि सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij