Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा ‘कृषि ज्ञान’ एप्स सहभागी

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा ‘कृषि ज्ञान’ एप्स सहभागी


  • 421
    Shares

    • images
    अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा ‘कृषि ज्ञान’ एप्स सहभागी

    काठमाडौँ । आठौँ संस्करणको अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटी मण्डपमा हुने प्रदर्शनीमा अर्थ डबली मिडियाद्वारा संचालित नेपालकै लोकप्रिय एप्स कृषि ज्ञान एप्स पनि सहभागी रहेको छ । यसले प्रदर्शनीमा आउने विभिन्न क्षेत्रका कृषक, ब्यापारी, विद्यार्थी, अनुसन्धातालगायतले कृषि ज्ञान एप्सका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने छन् । एप्सको उद्धेश्य, आवश्यकता र महत्वबारे बुझ्न थप मद्धत पुग्नेछ । 

    कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म उक्त प्रदर्शनी संचालन हुनेछ ।
     
    कृषकहरु माझ लोकप्रिय एप्स कृषि ज्ञानमा कृषि– पशुपंक्षी, बन, माटो विज्ञान, पर्यावरण, खाद्य सुरक्षा, कृषि प्रविधिलगायत विषयमा सूचना, विचार र दृष्टिकोण पढ्न पाइन्छ ।  एप्सको अनलाईन भर्सन https://krishigyan.com र एप्स डाउनलोड गर्दा प्लेस्टोर वा एप्पल स्टोरबाट कृषिज्ञान पढ्न  सकिन्छ ।

     किसान, विद्यार्थी, ब्यापारी तथा कृषि विज्ञहरुले एकदमै रुचाएको कृषि ज्ञान एप्स अपडेट भर्सनसँगै बालीनाली, जडिबुटी, तरकारी खेती, प्रविधिका कुरा नयाँ डिजाइन र लेआउटमा पढ्न सकिन्छ । जहाँ बाली पात्रो, देशभरका विभिन्न स्थानको तरकारीको भाउ, मौषम प्रणाली जानकारी, कृषि बिमा, रिर्सच नोट तथा दर्जनौँ विषयमा ज्ञान तथा सुचना पाउन सकिन्छ । 
     
    तीनदिने प्रदर्शनीमा एप्सको बारे जानकारी दिनु र कृषि क्षेत्रमा आउँदै गरेको युवाहरुलाई सहयोग समन्वय गर्नु मूख्य उद्धेश्य रहेको अर्थ डबली मिडियाले जनाएको छ । २० देशका कृषि प्रविधि, औजार तथा उपकरण प्रदर्शन गरिने उक्त प्रदर्शनीमा कृषि ज्ञान एप्स एउटा महत्पूर्ण स्टल रहेको मिडियाका विजनेस म्यानेजर गणेश प्रधानले जानकारी दिए । 

    ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टलमार्फत दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने छ । 

    सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, कोल्ड स्टोर, पोस्ट हार्भेस्ट, कृषि उपज प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र र प्रविधि राखिनेछन् । 

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १९:३७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij