Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

मुक्तिनाथ बैंकको डिजिटल सेवा, अब घरबाटै कर्जाको जानकारी

मुक्तिनाथ बैंकको डिजिटल सेवा, अब घरबाटै कर्जाको जानकारी


  • 484
    Shares

    • images
    मुक्तिनाथ बैंकको डिजिटल सेवा, अब घरबाटै कर्जाको जानकारी

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले “Loan Application Tracking” सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्नेछन ।

    ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले निरन्तर  Digital Transformation तथा Continuous Innovation मार्फत आफ्ना सेवा, प्रक्रिया र ग्राहक अनुभवलाई अझ सरल, प्रभावकारी तथा ग्राहक केन्द्रित बनाउँदै आएको छ । सोको निरन्तरता स्वरुप यो नवीन सेवा सार्वजनिक गरिएको हो ।

    यस सेवाको माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा रहेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू के–के छन् भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सक्नेछन । यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर तथा Loan Application Tracking ID प्रयोग गरी कर्जा आवेदनको अवस्था सहज रूपमा हेर्न सक्नेछन ।

    कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले शाखा कार्यालयमा उपस्थित हुने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्थालाई, यस सेवाको सुरुवातसँगैे उक्त जानकारी आफै डिजिटल रूपमा अनुगमन गर्न सक्ने भएका छन । यसले ग्राहकको समय बचत गर्नुका साथै सेवा प्रक्रियामा पारदर्शिता, सूचनामा सहज पहुँच तथा ग्राहक विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

    कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई सोसम्बन्धी जानकारी SMS Notification मार्फत समेत तत्काल उपलब्ध गराइने व्यवस्था गरिएको छ । मुक्तिनाथ विकास बैंकले विगतका केही वर्षदेखि प्रविधिमा आधारित सेवा विस्तारलाई आफ्नो रणनीतिक प्राथमिकताको रूपमा लिदै आएको छ । ग्राहकको बदलिँदो आवश्यकता, वित्तीय प्रविधिको तीव्र विकास तथा आधुनिक बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै बैंकले आफ्ना सेवा तथा प्रक्रियालाई क्रमशः डिजिटल, डेटा–आधारित, छिटो र ग्राहक केन्द्रित बनाउँदै लगिरहेको छ ।

    बैंकको मूल मन्त्र “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ” लाई व्यवहारमा रूपान्तरण गर्दै डिजिटल माध्यमको अधिकतम उपयोग गर्दै ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएको छ । Loan Application Tracking सेवा पनि यही डिजिटल यात्राको एक महत्वपूर्ण उपलब्धि हो, जसले ग्राहकलाई “Right Information at the Right Time” उपलब्ध गराउने बैंकको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।

    आगामी दिनमा समेत बैंकले अत्याधुनिक प्रविधिको उपयोग मार्फत आफ्ना सेवा तथा प्रक्रियाहरूलाई अझ सशक्त, सहज, पारदर्शी तथा ग्राहकमैत्री बनाउँदै नयाँ डिजिटल सेवा तथा सुविधाहरूको विकास र विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १२:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij