Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

आज बैंकिङ प्रणालीबाट एकैपटक २०० अर्ब खिच्दै राष्ट्र बैंक

आज बैंकिङ प्रणालीबाट एकैपटक २०० अर्ब खिच्दै राष्ट्र बैंक


  • 288
    Shares

    • images
    आज बैंकिङ प्रणालीबाट एकैपटक २०० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज कात्तिक २७ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट एकैपटक २०० अर्ब रुपैयाँ तान्ने भएको हो।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    यो २० दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

     

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १०:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij