Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी

नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी


  • 253
    Shares

    • images
    नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक र सहायकसहित ६१ पदमा कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको हो।

    बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै सहायक निर्देशक र सहायक पदका लागि आवेदन माग गरेको छ ।

    जारी गरेको सूचनाअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ २६, लेखा तथा लेखा परीक्षणतर्फ तीन, वाणिज्य कानुनतर्फ दुई र सूचना प्रविधितर्फ चार पदमा भर्ना गरिनेछ ।  

    त्यसैगरी, सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २६ जनाका लागि आवेदन खुलाइएको छ । कुल ६१ पदमध्ये विभिन्न समावेशी समूहका लागि समेत पद छुट्टाइएको बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले कात्तिक २७ गतेदेखि मङ्सिर १७ गतेसम्म दरखास्त दिन सक्नेछन्

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १४:११:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij