Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

सुदूरपश्चिमका कप्तान दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमका कप्तान दीपेन्द्रको अर्धशतक


  • 281
    Shares

    • images
    सुदूरपश्चिमका कप्तान दीपेन्द्रको अर्धशतक

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले ४६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।

    सुदूरपश्चिम रोयल्सले सुरुवाती ८ रनमै ४ विकेट गुमाएर कठिन अवस्थामा पुगेका बेला दीपेन्द्रले टोलीको इनिङ्स सम्हालेका थिए। उनले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई संकटबाट उकास्ने प्रयास गरे।

    जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए।

    यससँगै दीपेन्द्र जारी प्रतियोगितामा दुई अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमान्डु गोर्खाजका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन्।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १३:५९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij