Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

काठमाडौंले पायो १२६ रनको लक्ष्य

काठमाडौंले पायो १२६ रनको लक्ष्य


  • 225
    Shares

    • images
    काठमाडौंले पायो १२६ रनको लक्ष्य

    काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो। सुरुवातमै खराब प्रदर्शन गरेको सुदूरपश्चिमले २.३ ओभरमा ८ रन जोड्दा चार विकेट गुमाएको थियो।

    त्यसपछि आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई संकटबाट उकासे। आरिफ १६ रन बनाएर रनआउट भए। छैटौँ विकेटका लागि दीपेन्द्र र थरिन्दु रत्नायकेले ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको हो।

    दीपेन्द्रले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। उनी जहानदाद खानको बलमा भीम सार्कीबाट क्याच आउट भए। थरिन्दु रत्नायके २६ र फाबियन एलेन २ रनमा अविजित रहे।

    सुदूरपश्चिमका ओपनर स्कट कुग्लेजिन ६ र विनोद भण्डारी १ रनमा आउट भए। ब्रान्डन म्याकमुलेन र इशान पाण्डेले खाता खोल्न सकेनन्।

    काठमाडौंका लागि जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए। अब काठमाडौं गोर्खाजले जितका लागि १२६ रनको लक्ष्य पछ्याउनेछ।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १४:२६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij