Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

काठमाडौंविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

काठमाडौंविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने


  • 239
    Shares

    • images
    काठमाडौंविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो।

    एनपीएलका अघिल्ला दुई संस्करणमा काठमाडौंले सुदूरपश्चिमलाई हराउन सकेको छैन। पहिलो संस्करणमा सुदूरपश्चिम ७३ रन र दोस्रो संस्करणमा २९ रनले विजयी भएको थियो।

    लिग चरणको अन्तिम खेल खेल्न लागेको सुदूरपश्चिम ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। उसले चार खेल जित्दा दुई खेलमा हार बेहोरेको छ।

    यता काठमाडौंले चार खेलमा जित र एक खेलमा हारसहित ८ अंक जोडेको छ। सुदूरपश्चिमभन्दा दुई खेल कम खेलेको काठमाडौं तालिकाको दोस्रो स्थानमा रहेको छ।

     

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १२:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij