Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध


  • 260
    Shares

    • images
    थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

    काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। शीर्ष क्रमका ब्याटर दबारेले टोलीको ब्याटिङलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। 

    श्रीलंकाका घरेलु तथा विभिन्न प्रतियोगितामा अनुभव बटुलेका दबारेले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनवटै प्रारूपमा क्रिकेट खेलेका छन्। उनले ५० टी–२० खेलमा एक शतक र पाँच अर्धशतकसहित ९२३ रन बनाएका छन्। यस प्रारूपमा उनको स्ट्राइक रेट १४२.६५ रहेको छ। उनले बलिङतर्फ २६ विकेटसमेत लिएका छन्।  

    त्यस्तै, ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका दबारेले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्। ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट हात पारेका छन्। 

    सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रम बलियो हुने विश्वास व्यक्त गरेका छन्। उनले दबारे अनुभवी र आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी भएकाले टोलीको ब्याटिङमा थप गहिराइ आउने बताए।

    टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताएका छन्। उनले नेपाल आएर टोलीका लागि योगदान दिने र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिताउन सहयोग गर्ने लक्ष्य रहेको बताएका छन्।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - ११:२४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij