२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । अमेरिकाको न्युयोर्क सहरमा बुधबार दिउँसो एक तीनतले भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको सहरका अधिकारीहरूले बताएका छन्।
अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारीअनुसार उक्त घटनामा १९ जना घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर र १२ जनाको अवस्था स्थिर छ।
घाइते १९ जनामध्ये कम्तीमा सात जना बालबालिका छन्। भग्नावशेषमा कति मानिस पुरिएका वा हराइरहेका छन् भन्नेबारे पूर्ण विवरण आइनसकेको न्युयोर्क प्रहरी विभागका एक अधिकारीले जानकारी दिए।
मध्य ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा रहेको उक्त व्यावसायिक तथा आवासीय प्रयोजनको मिश्रित भवन बुधबार दिउँसो करिब ४ बजे भत्किएको हो। घटनास्थलको भिडिओमा अग्नि नियन्त्रकहरूले भग्नावशेषको थुप्रोबाट धेरै मानिसलाई बाहिर निकाल्दै स्ट्रेचरमा राखेर भर्याङको सहायताले सुरक्षित स्थानतर्फ लैजाँदै गरेको देखिन्छ।
उद्धार कार्य सुरु भएको चार घण्टा बितिसक्दा पनि फेरि अर्को भाग भत्किन सक्ने भन्दै अग्नि नियन्त्रक अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। उक्त भवन सँगै रहेको निर्माणस्थलमाथि खस्दा दुवै स्थानमा थुप्रै मानिस पुरिएका हुन्।
न्युयोर्क सहरको अग्नि नियन्त्रण विभागका आयुक्तले भग्नावशेषमा भइरहेको विशाल खोज तथा उद्धार कार्य ‘अत्यन्तै खतरनाक’ रहेको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij