Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

काभ्रेको बनेपामा दुई बस ठोक्किँदा २० जना घाइते

काभ्रेको बनेपामा दुई बस ठोक्किँदा २० जना घाइते


  • 218
    Shares

    काभ्रेको बनेपामा दुई बस ठोक्किँदा २० जना घाइते
    images

    काठमाडौं । काभ्रेको बनेपा नगरपालिका– ६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन्।

    बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोकिएका हुन्। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल बनेपा लगिएको छ।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाले १६ जनाको शिर मेमोरियल अस्पताल र ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

    दुर्घटनाको थप विवरण आउन बाँकी छ।

     

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १२:५१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij