Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

मध्य जापानमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प

मध्य जापानमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प


  • 477
    Shares

    मध्य जापानमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प
    images

    काठमाडौं । मध्य जापानमा आइतबार बिहान ५ दशमलव म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो । 

    भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त नभए पनि पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र र्याकमा राखिएका सामान खसेका छन् ।
    प
    आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार सामान्य चोटपटक लागेका १६ जनाबारे जानकारी प्राप्त भएको छ । छिमेकी सिजुओका क्षेत्रका अधिकारीहरूले कम्तीमा तीन महिलाले उपचारका लागि अस्पताल पुगेको बताएका छन् ।  

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १५:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij