२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखराको लागि उनले ३२ बलमा ५ चौका र २ छक्का सहति ९.४ ओभरमा अर्धशतक पूरा गरेका हुन्।
उनले यसअघि, कर्णाली याक्ससँगको खेलमा १०२ रनको शतकीय पारी खेलेका थिए। पोखराको लागि उनले एकतर्फबाट इनिङ्स सम्हाल्दै योगफल बढाइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij