Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने

पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने


  • 218
    Shares

    पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने
    images

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज भइरहेको २२औँ खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ रोजेका हुन्। टस हारेको विराटनगर किंग्सले भने पहिले बलिङ गर्ने भएको छ।

    दुवै टोलीका लागि यो प्रतियोगिताको छैटौँ खेल हो। हालसम्म पोखरा एभेन्जर्सले खेलेका पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको छ। त्यस्तै, विराटनगर किंग्सले पाँच खेलमा तीन हार र दुई जित हात पारेको छ।

    अंक तालिकामा पोखरा एभेन्जर्स आठौँ स्थानमा रहेको छ भने विराटनगर किंग्स छैटौँ स्थानमा छ। आजको खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ।

    यसैगरी, आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। 

     

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १२:४४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij