Logo

२०८३ कार्तिक २२ गते आइतवार

२०८३ कार्तिक २२ गते आइतवार

पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु


  • 358
    Shares

    पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु
    images

    काठमाडौं । पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले आइतबार दुर्घटनाबारे जानकारी दिएको हो ।

    प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गअन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीन पाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

    मृतक तथा घाइतेहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    एजेन्सी

    प्रकाशित मिति :कार्तिक २२ २०८३ आइतवार - १३:५३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij