Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

भीमफेदी दुर्घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त


  • 225
    Shares

    भीमफेदी दुर्घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

    काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको थापाले बताएका छन्।

    सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

    थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

    बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो।

    दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकमध्ये दुई जनाको मात्र पहिचान खुलेको र अन्यको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १३:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij