Logo

२०८३ कार्तिक २५ गते बुधवार

२०८३ कार्तिक २५ गते बुधवार

कति गर्‍यो 'रामायण'ले नेपालमा ग्रस कलेक्सन?

कति गर्‍यो 'रामायण'ले नेपालमा ग्रस कलेक्सन?


  • 253
    Shares

    कति गर्‍यो 'रामायण'ले नेपालमा ग्रस कलेक्सन?
    images

    बलिउडको बहुप्रतीक्षित फिल्म 'रामायण'ले नेपाली बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ। नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो चार दिनमै नेपालमा झन्डै ८ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको हो। 

    चलचित्र विकास बोर्डको बक्स अफिस स्रोतले दिएको जानकारी अनुसार आइतबार रातिसम्म ‘रामायण’ले नेपालमा ७ करोड ८० लाख रूपैयाँ हाराहारी ग्रस कलेक्सन गरेको छ। यस अवधिमा १ लाख ८४ हजार हाराहारी टिकट बिक्री भएका छन्। 

    फिल्मले सोमबार र मंगलबार पनि दर्शकको राम्रो साथ पाइरहेको छ। यी दुई दिनमा पनि हलमा दर्शक अकुपेन्सी उच्च देखिएको छ।

    भारतमा पनि फिल्मले बलियो व्यापार गरिरहेको छ। फिल्मले पाँच दिनमा भारतबाट मात्रै ३४६.३५ करोड भारू नेट कलेक्सन गरेको छ। भारतमा यसको कुल ग्रस कलेक्सन ४१३.९० करोड भारू पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।

    विश्वव्यापी बक्स अफिसमा पनि 'रामायण'ले प्रभावशाली व्यापार गरेको छ। प्रदर्शनको पाँच दिनमा फिल्मले विश्वभरबाट ६६३.९० करोड भारू ग्रस कलेक्सन गरेको भारतीय बक्स अफिस ट्रयाकर स्याकनिल्कले उल्लेख गरेको छ। यसमध्ये भारतबाट ४१३.९० करोड र भारतबाहिरका बजारबाट २५० करोड भारू संकलन भएको हो। 

    नितेश तिवारी निर्देशित 'रामायण' नोभेम्बर ५ (कात्तिक १९) देखि विश्वभर एकसाथ प्रदर्शनमा आएको हो।

    फिल्ममा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन्।

    प्रकाशित मिति :कार्तिक २५ २०८३ बुधवार - २३:०१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij