Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक


  • 365
    Shares

    ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक
    images

    काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य दुई पात्र फिचर्ड छन् ।

    विजय बराल र अञ्जना बराइली रहेको पोस्टरमा दुबै रोइरहेका छन् । विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् । विजयका आँखामा पनि आँसु छ ।

    गाउँले परिवेशको जनजीवनमा रहेका पात्र कुनै मेला वा महोत्सवमा गएको पोस्टरबाट अनुमान लगाउन सकिन्छ । धोएर सफा पारिएका लुगा लगाएर चिटिक्क परेको जोडी छ । सिनेमाको शीर्षक अनुसारको पोस्टरको कलरले सिनेमाको मुड बताउने प्रयास गरेको छ ।

    चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

     

     

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - ११:४२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij