Logo

२०८३ कार्तिक २५ गते बुधवार

२०८३ कार्तिक २५ गते बुधवार

तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु, पाँच घाइते

तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु, पाँच घाइते


  • 260
    Shares

    तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु, पाँच घाइते
    images

    काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा तीन सवारीसाधन ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ । 

    मोटरसाइकल, स्कुटर र साइकल एक–आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

    बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीनजना र साइकलयात्रीसहित ६ जना घाइते भएका थिए । घाइतेमध्ये स्कुटरमा पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–९ बस्ने रिदिमा सरदारको मृत्यु भएको हाे ।

    प्रकाशित मिति :कार्तिक २५ २०८३ बुधवार - २२:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij