Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’

भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’


  • 379
    Shares

    भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’
    images

    काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबरहरू आइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको हो ।

    ‘हाम्रो चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि) देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,’ चलचित्र पाँच पाण्डवको निर्माण टिमले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

    निर्माण टिमले सबै धर्मप्रति उच्च सम्मान रहेको र चलचित्र ‘पाँच पाण्डव’ले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्‍याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य नराखेको पनि प्रस्ट पारेको छ ।

    चलचित्रको बुकिङ बुधबारबाट नै खुलिसकेको छ । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    ‘पाँच पाण्डव’ मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

    चलचित्र ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते ९नोभेम्बर ६० देखि रिलिज हुँदैछ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

    capture1_09Y0iXatBl.webp

     

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १३:५८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij