Logo

२०८३ कार्तिक २५ गते बुधवार

२०८३ कार्तिक २५ गते बुधवार

संखुवासभामा चट्याङ लागेर दुईजना घाइते

संखुवासभामा चट्याङ लागेर दुईजना घाइते


  • 260
    Shares

    संखुवासभामा चट्याङ लागेर दुईजना घाइते
    images

    संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुईजना घाइते भएका छन् ।

    बुधबार साँझ करिब ६ः३० बजे वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सविन गुरुङ घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार, चट्याङ लागेर गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । त्यस्तै, सविनको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा, खाँदबारी ल्याइएको छ । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    घटनालगत्तै प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २५ २०८३ बुधवार - २२:४७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij