Logo

२०८३ कार्तिक २१ गते शनिवार

२०८३ कार्तिक २१ गते शनिवार

विष्णु माझीले ल्याइन् नयाँ गीत ‘फूल प्याउलीको’

विष्णु माझीले ल्याइन् नयाँ गीत ‘फूल प्याउलीको’


  • 197
    Shares

    विष्णु माझीले ल्याइन् नयाँ गीत ‘फूल प्याउलीको’
    images

    काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । गीतमा नवराज पन्तको शब्द छ । संगीत स्वयं गायक वसन्त थापाले भरेका छन् ।

    ‘डाडै फुर्के सल्लो’ , ‘सालको पातको टपरी’जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका गायिका माझी, गायक थापा र गीतकार पन्तको केही समयको अन्तरालपछि पुनः सहकार्य भएको हो । 

    मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवं संगीतकार वसन्त थापाले साथ दिएका छन् । 

    नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । 

    भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीले खिचेको  भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २१ २०८३ शनिवार - १४:२३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij