Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलिलाई सारियो

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलिलाई सारियो


  • 337
    Shares

    कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलिलाई सारियो
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदानको समय फेरि सरेको छ। 

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, अब शुक्रबार मतदान सुरु गरिनेछ। शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। 

    केही प्राविधिक कारण र तयारी नपुगेकाले मतदान समय सारिएको जनाएको छ। कांग्रेस महाधिवेशनमा चौथो पटक समय सारिएको हो। 

    निर्वाचन समितिले बुधबार मतदान गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। तर, उम्मेदवारी फिर्ता लिने समय थपिँदा बिहीबार बिहान १० बजे तय गरिएको थियो। 

    बिहीबार बिहान तयारी नपुगेको भन्दै दिउँसो १ बजेका लागि सारिएको थियो। त्यो समयमा पनि तयारी नपुगेपछि दिउँसो २ बजेका लागि सारिएको थियो। 

    तर, दिउँसो २ बजे पनि मतदान सुरु हुन सकेन। मतपत्र छपाइमा ढिलो भएपछि शुक्रबार बिहान ७ बजेका लागि सारिएको जनाइएको छ। 

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - १६:४४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij