Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

बालेन-जयशंकर भेटवार्ता, के भयो कुराकानी ?

बालेन-जयशंकर भेटवार्ता, के भयो कुराकानी ?


  • 288
    Shares

    • images
    बालेन-जयशंकर भेटवार्ता, के भयो कुराकानी ?

    नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विशेष गरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ ।

    द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको जानकारी दिइएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणमा भारत पुगेका हुन् ।

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १९:२४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij