२०८३ मंसिर ६ गते आइतवार
बैतडी । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट झर्ने क्रममा लडेर मृत्यु भएको हो ।
मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिए ।
घटनापछि बस र चालक मेलौली नगरपालिका–९ घर भएका ४८ वर्षीय अशोक चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij