Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

एमाले स्थायी कमिटीमा चार एजेन्डामाथि छलफल

एमाले स्थायी कमिटीमा चार एजेन्डामाथि छलफल


  • 358
    Shares

    एमाले स्थायी कमिटीमा चार एजेन्डामाथि छलफल
    images

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने गरी सकिएको छ । आजको बैठकमा चार वटा एजेन्डामा छलफल भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

    पार्टी कार्यालयमा बसेको पहिलो स्थायी कमिटी बैठकमा पेस एजेन्डामध्ये पहिलो वरिष्ठ नेता विद्या भण्डारीको शपथ ग्रहण, दोस्रो संगठनसम्बन्धी प्रस्ताव, तेस्रो केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषय र चौथोमा मधेस प्रदेशको समानुपातिक उम्मेदवार चयनबारे रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

    तीमध्ये तेस्रो एजेन्डामाथि शुक्रबार छलफल भएर निर्णय हुने नेता भट्टको भनाइ छ । बैठकले मधेस प्रदेशकी समानुपातिक सांसद जैनव खातुनको निधन भएकाले बन्द सुचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - १६:४०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij