Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

‘छ माया छपक्कै २’को गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक

‘छ माया छपक्कै २’को गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक


  • 428
    Shares

    ‘छ माया छपक्कै २’को गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक
    images

    काठमाडौँ । यस वर्षको प्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक भएको छ । सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापामा शब्द र दीपक शर्माको संगीत छ । रोमान्टिक शैलीको गीतमा चलचित्रका तीन मुख्य कलाकार दिपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको अभिनय छ ।

    गीतको भिडियोमा श्रीमान् श्रीमतीको भूमिकामा रहेका दीपक र केकीको प्रेमिल दृश्यको बीचमा सनिशाको प्रवेशले थप रोचकता थपेको छ।  किरण थापाले कोरियोग्राफी रहेको गीतमा त्रिकोणात्मक प्रेमको सङ्केत गर्दछ। तर सप्राइज दिन माहिर दिपकको टिमले कस्तो कथा बोलेको छ त्यो भने असोज ३१ गते फूलपातीपछि थाह हुनेछ ।

    आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमीको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । निर्देशक लामा र दिपकराज गिरीको कथा रहेको चलचित्रको स्क्रिन्प्ले र डाइलग दिपकराज गिरिले तयार पारेका हुन् ।

    दिपाश्री निरौला सल्लाहकारको रूपमा रहेको चलचित्रमा दीपक, केकी र सनिशाको साथमा कर्मा, रिहान गिरि, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।  चलचित्रका कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्। 

     

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - १३:४१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij