Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

फेरि सर्‍यो कांग्रेसको महाधिवेशनमा मतदान समय

फेरि सर्‍यो कांग्रेसको महाधिवेशनमा मतदान समय


  • 505
    Shares

    फेरि सर्‍यो कांग्रेसको महाधिवेशनमा मतदान समय
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदानको समय फेरि सरेको छ। 

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानको समय एक घण्टा सारिएको जनाएको छ। मतदानको तयारी पूरा नभएकाले दिउँसो २ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

    यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने तय गरिएको थियो। बिहान १० बजेदेखि सुरु गर्ने कार्यतालिका भए पनि तयारी नपुगेकाले सारिएको थियो। 

    आज मतदानको समय सार्नुअघि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारसँग छलफल गरेको थियो। 

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - १३:२५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij