Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

विद्याले शपथ लिएलगत्तै एमाले स्थायी कमिटी बैठक बस्ने

विद्याले शपथ लिएलगत्तै एमाले स्थायी कमिटी बैठक बस्ने


  • 449
    Shares

    विद्याले शपथ लिएलगत्तै एमाले स्थायी कमिटी बैठक बस्ने
    images

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने गरी बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

    ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ ।

    असोज ८ गते सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएकाले उनी पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुनेछन् । केन्द्रीय कमिटीले भण्डारीलाई वरिष्ठ नेता बनाउनुका साथै स्थायी कमिटीसमेत गठन गरेको थियो ।

    आजको स्थायी कमिटी बैठकअघि भण्डारीले शपथ लिने कार्यक्रम तय भएको प्रवक्ता आचार्यले जानकारी दिए । वरिष्ठ नेता भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएलगत्तै स्थायी कमिटी बैठक सुरु हुने एमालेले जनाएको छ ।

    स्थायी कमिटीमा पदाधिकारीबाहेक नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापा रहेका छन् ।

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - ११:०५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij