२०८३ आश्विन २२ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू गर्ने तालिका केही पछाडि धकेलिएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिउँसो १ बजेदेखि मतदान सुरु हुने बताए ।
महाधिवेशनमा सहभागी सात हजार २ सय ५५ महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।
यसअघि निर्वाचन समितिले आज बिहान ७ बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टापछि सारिएकोमा फेरि सरेको हो ।
पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij