२०८३ आश्विन २२ गते बिहिवार
वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अक्टोबर ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि– त्रयोदशी, बेलुकी ९ बजेर ५५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी १० बजेर ८ मिनेट उप्रान्त उत्तराफाल्गुनी ।
योग–शुक्ल, रातको २ बजेर ५२ मिनेट उप्रान्त ब्रम्ह । करण–गर, बिहान १० बजेर ३२ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिंह । त्रयोदशी श्राद्ध ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४० मिनेट । दिनमान २९ घडी १२ पला ।
आजको बार बेला
बिहान ६ बजेर ० मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर १ मिनेटदेखि बिहान ७ बजेर २८ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर २९ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर १८ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर १९ मिनेटदेखि दिउसो २ बजेर ४६ मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ४७ मिनेटदेखि बेलुकी ४ बजेर १३ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर १४ मिनेटदेखि बेलुकी ७ बजेर १३ मिनेटसम्म अमृत बेला ।
नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १ बजेर १८ मिनेटदेखि दिउसो २ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट स् राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर २४ मिनेटदेखि बिहान ५ बजेर १२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवारजनको साथ र सहयोगले मनमा नयाँ आशा पलाउनेछ। मित्रता तथा दाम्पत्य सम्बन्ध थप मजबुत बन्नेछ। धैर्य र लगनशीलताका साथ अघि बढे राम्रो अवसर प्राप्त गर्न सकिनेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफ्ना सामान तथा महत्त्वपूर्ण वस्तुको सुरक्षामा विशेष ध्यान दिनुहोला। सहयोगी बनेर आएका व्यक्तिबाट अपेक्षाअनुसार साथ पाउन नसकिने भएकाले सजग रहनु उचित हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मठमन्दिर तथा धार्मिक स्थलको भ्रमणले मनमा सकारात्मक ऊर्जा थप्नेछ। लामो समयदेखि रोकिएका काम पुनः अघि बढ्नेछन्। धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अधिकार प्राप्तिका लागि गरिएको प्रयास सफल हुनेछ। महत्त्वपूर्ण कामको सुरुआत गर्ने अनुकूल समय छ। मेहनतअनुसार राम्रो उपलब्धि हात पर्नेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। सही समयमा सही निर्णय लिन सके उल्लेखनीय सफलता हात पर्नेछ। प्रेम सम्बन्ध र शिक्षामा सफलता मिल्नेछ। हनुमानजीको दर्शन गर्ने।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शुभकार्य तथा सामाजिक गतिविधिमा खर्च बढ्न सक्छ। यात्राका क्रममा सामानको सुरक्षामा विशेष ध्यान दिनुहोला। सानातिना समस्याले समय लिन सक्छन् भने शरीरमा केही थकान र उत्साहको कमी महसुस हुन सक्छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कुनै सुखद घटनाले मनमा शान्ति र सन्तोष छाउनेछ। व्यापार तथा पेसागत क्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। तुला राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भाग्यले विभिन्न अवसर जुराउन सक्छ। तर्क जटिल देखिएका काम पनि बुद्धि र विवेकको प्रयोगले सम्पन्न गर्न सकिनेछ। नयाँ कामको सुरुआतका लागि समय अनुकूल छ। उत्तरतर्फको यात्रा नगर्ने।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। प्रभावशाली बोली र व्यवहारले काम बनाउन सकिनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ वैदेशिक कार्यमा र शिक्षामा सफलता मिल्नेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पारिवारिक वातावरण सामान्य रहनेछ। विद्यार्थीले पढाइमा थप ध्यान दिनुपर्ने समय छ। मनमा कमजोरी महसुस हुन सक्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। साँझतिर साथीभाइको सहयोगले राहत मिल्नेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। लाभदायक यात्राको सम्भावना देखिन्छ। सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिन मनोरञ्जन र खुसीमा बित्ने छ। अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको समाचार प्राप्त हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij