२०८३ कार्तिक २२ गते आइतवार
आजको पञ्चाङ्ग
वि=सं=२०८३ साल कार्तिक २२ गते । आइतबार । इस्वी सन् २०२६ नोभेम्बर ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्दशी, बिहान १० बजेर ५४ मिनेट उप्रान्त औँशी । नक्षत्र–चित्रा, बिहान ६ बजेर २८ मिनेट उप्रान्त स्वाती । योग–आयुष्मान, रातको ४ बजेर १४ मिनेट उप्रान्त सौभाग्य । करण–शकुनी, बिहान १० बजेर ५४ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ११ बजेर १० मिनेट उप्रान्त नाग । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–तुला ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २७ घडी १४ पला ।
दिन विशेष: दर्शश्राद्ध । नरक चतुर्दशी । कुकुर तिहार । लक्ष्मी पूजा । निशिबार्ने । दीपमालिका । सुखरात्रि ।
आजको बार बेला ।
बिहान ६ बजेर २० मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर २० मिनेटदेखि बिहान ७ बजेर ४२ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ४२ मिनेटदेखि बिहान ९ बजेर ३ मिनेटसम्म लाभ बेला ।
बिहान ९ बजेर ४ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर ८ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर १० मिनेटदेखि दिउँसो २ बजेर ३० मिनेटसम्म रोग बेला ।
दिउँसो २ बजेर ३१ मिनेटदेखि दिउँसो ३ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ३ बजेर ५३ मिनेटदेखि बेलुकी ६ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर ५१ मिनेटदेखि बेलुकी ५ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ४४ मिनेटदेखि बिहान ५ बजेर ३२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज नयाँ काम थालनी नगर्नु उचित देखिन्छ । खर्च बढ्ने छ। कतै घाउचोट लाग्ने भएकाले आज सतर्क रहनु उपयुक्त हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रशंसा गर्नेछन्। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय छ। परिवारमा भने खटपटी बढ्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज सामान्य दिन छ । संकटमा साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज तपाईंमाथि धेरैले शंका गर्नेछन्। गरेको काममा असन्तुष्टि बढ्नेछ। साथीले सहयोग नगर्दा मन अशान्त बन्नसक्छ। आज व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रियजनसँगको भेटले मनमा खुसी हुनेछ। मिष्ठान्न भोजन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवारमा मेलमिलाप हुनेछ। स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग छ। धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। परिवारसँगको व्यवहारमा सुधार हुँदा प्रेम सम्बन्ध मजबुत बन्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज खर्च बढ्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ। पारिवारिक मेलमिलाप हुनेछ । साथीको साथ मिल्ने योग छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
हरेक क्षेबमा मिहिनेत गरेर क्षमताको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
हरेक काममा सफलताका लागि मिहिनेत गर्नुपर्ने समय छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्ने छ। एकल भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारमा लाभ हुनेछ। लगानीका क्षेत्रमा फाइदा हुने योग छ। मनमा उत्साह बढ्नेछ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
हरेक काममा परिश्रम गर्नुपर्ने समय छ। व्यवहारिक बोझले केही समस्या देखिनेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij