२०८३ कार्तिक २६ गते बिहिवार
आजको पञ्चाङ्ग
सूर्योदय र सूर्यास्त
काठमाडौंमा सूर्योदय बिहान ६ बजेर २३ मिनेटमा र सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेटमा हुनेछ । दिनमान २७ घडी १ पलाको रहनेछ ।
आजको बार बेला
बिहान ६ बजेर २३ मिनेटसम्म : शुभ बेला
‘नोट : कुनै पनि शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।’
राहुकाल
दिउँसो १ बजेर ८ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
‘नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।’
ब्रह्म मुहूर्त
बिहान ४ बजेर ४७ मिनेटदेखि बिहान ५ बजेर ३५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज लाभ र हानि, सुख र चुनौती दुवैलाई सन्तुलित रूपमा अनुभव गर्ने दिन रहनेछ । कुनै पनि निर्णय हतारमा नगरी बुद्धि र विवेकको प्रयोग गर्नु उचित हुनेछ । दिनको सुरुआत सामान्य रहे पनि बेलुकापख पारिवारिक जमघट रहनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज योजना अनुसार काम सम्पन्न हुँदा आत्मसन्तुष्टि मिल्नेछ । धर्म, संस्कृति, कला र साहित्यप्रति आकर्षण बढ्नेछ । प्रशासनिक वा सरकारी काममा भने आवश्यक कागजात र प्रक्रियामा विशेष ध्यान दिनु उचित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्थान परिवर्तन वा टाढाको यात्राको सम्भावना देखिन्छ । परिवार तथा आफन्तसँगको भेटघाटमा दिन व्यतीत हुन सक्छ । यद्यपि बोलचालमा संयम अपनाउनु आवश्यक छ, अन्यथा सामान्य कुराले पनि विवाद निम्त्याउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज नजिकका व्यक्तिको साथ र सहयोगले कठिन काम पनि सहज बन्नेछ । परिवारसँग रमाइलो समय बित्नेछ र शुभकार्यको चर्चा पनि चल्नेछ । साँझपख आफ्नो अधिकार स्थापित गर्न केही प्रयास गर्नुपर्ने हुन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नजिकका व्यक्तिका कारण केही काममा अवरोध आउन सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु नै बुद्धिमानी हुनेछ । अध्ययन तथा बौद्धिक कार्यमा अपेक्षित उपलब्धि नदेखिए पनि धैर्य र सकारात्मक सोचले क्रमशः सफलता दिलाउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आज अनावश्यक विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ । बोल्ने क्रममा संयम अपनाउनुहोस् । दिनको उत्तरार्धमा भने चतुर व्यवहार र प्रभावशाली अभिव्यक्तिले रोकिएका काम बन्ने सम्भावना छ । आज भगवान् गणेशको आराधना गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रोकिएका काम पुनः अघि बढ्नेछन् । सम्मान र आतिथ्यता प्राप्त हुने योग रहेको छ । आफन्त वा पुराना मित्रसँग पुनर्मिलनले मन उत्साहित हुनेछ । नयाँ वस्त्र, अलङ्कार वा उपहार प्राप्त हुन सक्छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सहयोगीहरूको साथले कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् । परिवारसँग गुणस्तरीय समय बिताउने अवसर प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा पनि सकारात्मक प्रगति हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सोचिएका निर्णय कार्यान्वयन गर्न केही कठिनाइ आउन सक्छ । व्यवसायिक क्षेत्रमा अपेक्षित परिणामका लागि थप परिश्रम आवश्यक पर्नेछ । विगतका केही समस्या पुनः दोहोरिन सक्छन् । साँझपख यात्रा वा भ्रमणको योजना बन्ने सम्भावना छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज सामाजिक तथा व्यावसायिक सम्बन्ध विस्तार हुने सम्भावना छ । इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ । लामो समयदेखि सोचिएको योजना अघि बढाउने अनुकूल समय रहेको छ । आर्थिक पक्ष पनि क्रमशः सुदृढ बन्दै जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययन र परीक्षामा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । प्रेम सम्बन्धमा साथ र सहयोग प्राप्त हुनेछ । लगानी तथा पुँजी बजारबाट पनि सकारात्मक संकेत देखिन्छ । लामो यात्रा सफल भए पनि खानपानमा सावधानी अपनाउनु उचित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तजनको प्रगति र सफलताले मनमा खुसी छाउनेछ । परिवारमा शुभ समाचार प्राप्त हुने सम्भावना छ । व्यवसायिक कार्यबाट सामान्य लाभ मिल्नेछ । दिउँसोपछि घरेलु जिम्मेवारी र सानातिना काममा व्यस्तता बढ्न सक्छ । धैर्यपूर्वक अघि बढे दिन सहज रहनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij