२०८३ कार्तिक २७ गते शुक्रवार
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक २७ गते । शुक्रबार । इस्वी सन् २०२६ नोभेम्बर १३ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष । तिथि–चतुर्थी, बेलुकी ६ बजेर १७ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–मूल, बेलुकी ४ बजेर ११ मिनेट उप्रान्त पूर्वाषाढा । योग–धृती, रातको ५ बजेर ८ मिनेट उप्रान्त शूल । करण–भद्रा, बेलुकी ६ बजेर १७ मिनेट उप्रान्त बव । आनन्दादिमा–स्थिरयोग । चन्द्रराशि–धनु ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १० मिनेट । दिनमान २६ घडी ५८ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर २४ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ४५ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर ६ मिनेटसम्म अमृत बेला ।
बिहान ९ बजेर ७ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ३० मिनेटदेखि दिउसो ३ बजेर ५० मिनेटसम्म चर बेला ।
बेलुकी ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म रोग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ४८ मिनेटदेखि बिहान ५ बजेर ३६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेम सम्बन्धमा संयमित व्यवहार गर्नु उचित हुनेछ । खानपान र स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस् । अरूको जिम्मेवारी वहन गर्दा समय र धन दुवै खर्च हुन सक्छ । साँझपख वैदेशिक क्षेत्रबाट सुखद् समाचार प्राप्त हुने सम्भावना छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज नयाँ कार्यको प्रारम्भ गर्ने अनुकूल समय रहेको छ । स्थान परिवर्तन वा नयाँ अवसरसँग जोडिने सम्भावना देखिन्छ । आजको परिश्रमले भविष्यमा राम्रो प्रतिफल दिनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा सफलता प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज मन अध्यात्म, दर्शन र सकारात्मक सोचतर्फ आकर्षित हुनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्नेछ । रमणीय स्थानको भ्रमणले मन प्रफुल्ल रहनेछ । अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज नयाँ ज्ञान र सीप आर्जन गर्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको सुरुवात वा शुभकार्यको चर्चा चल्नेछ । प्रभावशाली व्यक्तिसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नुका साथै दाम्पत्य जीवन पनि सुखद् रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिना सोचविचार प्रतिबद्धता जनाउँदा अप्ठ्यारोमा पर्न सकिन्छ । स्वास्थ्य र व्यक्तिगत आवश्यकतामा खर्च बढ्न सक्छ । सामाजिक वा सार्वजनिक कार्यमा केही अवरोध देखिए पनि धैर्यले सफलता दिलाउनेछ । शुभकार्यको चर्चा चल्नुका साथै नयाँ अवसर प्राप्त हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो समयदेखि अधुरा रहेका कामले पूर्णता पाउनेछन् । आकर्षण र आत्मविश्वास बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ प्राप्त हुने संकेत छ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ । आफ्नो कार्यक्षेत्रमा प्रभाव र प्रतिष्ठा बढाउन सफल हुनुहुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
घरपरिवारको साथ र सहयोगले उत्साह बढ्नेछ । नयाँ विषय सिक्ने अवसर प्राप्त हुनेछ । शुभकार्यमा सहभागी हुने योग छ । लामो दूरीको यात्रा सुखद् र फलदायी बन्नेछ । कला, संस्कृति तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सोचेका र योजना बनाएका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । रमाइलो र सुखद् यात्राको अवसर प्राप्त हुनेछ । सम्मान र आतिथ्यता पाइनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आफ्नो क्षमता र व्यवहारबाट अरूको मन जित्न सफल हुनुहुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सोचेअनुसार परिणाम प्राप्त नहुँदा केही निराशा हुन सक्छ । प्रियजनसँग दूरी बढ्दा मन खिन्न बन्नेछ । स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ । बेलुकातिर नयाँ ऊर्जा र उत्साहका साथ परिस्थिति अनुकूल बन्दै जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनमा शान्ति र आत्मसन्तुष्टिको अनुभूति हुनेछ । सामाजिक तथा नेतृत्वदायी क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । साहस र आत्मबल बढ्नेछ । प्रियजनको साथले काममा सहजता आउनेछ । व्यवसाय तथा शिक्षाको क्षेत्रमा प्रगतिको संकेत देखिन्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यक्तित्वमा आकर्षण बढ्नेछ र व्यवहारले अरूको मन जित्नुहुनेछ । नजिकका व्यक्तिको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रभाव विस्तार हुनेछ । वैदेशिक यात्रा तथा अचल सम्पत्तिसम्बन्धी अवसर प्राप्त हुन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कठिन ठानिएका कामहरू पनि सहज रूपमा सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यमा उल्लेखनीय सफलता मिल्नेछ । रोकिएका योजना पुनः अघि बढ्नेछन् । घर, जग्गा वा सम्पत्तिसम्बन्धी कार्य अनुकूल रहनेछ । प्रेम जीवनमा पनि मधुरता कायम रहनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij