Logo

२०८३ कार्तिक २८ गते शनिवार

२०८३ कार्तिक २८ गते शनिवार

आज (शनिबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (शनिबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 589
    Shares

    • images
    आज (शनिबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    वि.सं.२०८३ साल कार्तिक २८ गते । शनिबार । ईश्वी सन् २०२६ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष । तिथि–पञ्चमी, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाषाढा, बेलुकी ६ बजेर ४८ मिनेट उप्रान्त उत्तराषाढा ।

    योग–शूल, रातको ५ बजेर ३९ मिनेट उप्रान्त गंड । करण–बव, बिहान ७ बजेर २२ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–धनु । 
    .
    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १० मिनेट । दिनमान २६ घडी ५५पला ।

    आजको बार बेला
    बिहान ६ बजेर २५ मिनेटसम्म काल बेला ।
    बिहान ६ बजेर २६ मिनेटदेखि बिहान ७ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
    बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर ६ मिनेटसम्म रोग बेला ।
    बिहान ९ बजेर ७ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म उद्वेग बेला ।
    बिहान १० बजेर २८ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म चर बेला ।
    बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म लाभ बेला ।
    दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म अमृत बेला ।
    दिउसो २ बजेर ३० मिनेटदेखि दिउसो ३ बजेर ५० मिनेटसम्म काल बेला ।
    बेलुकी ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म लाभ बेला ।
    नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।
    .
    राहुकाल
    बिहान ९ बजेर ६ मिनेटदेखि मध्यान्ह १२ बजेर २६ मिनेटसम्म राहुकाल रहनेछ ।
    नोट स् राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
    .
    ब्रहा मुहूर्त
    बिहान ४ बजेर ४९ मिनेटदेखि बिहान ५ बजेर ३७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
    .
    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आज कठिन परिस्थितिमा साथ दिने आफ्ना मानिसहरूको साथ र सहयोग प्राप्त हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कामबाट उल्लेखनीय सफलता मिल्नेछ । सोचेका योजना पूरा हुनेछन् र लाभदायक यात्राको पनि योग रहेको छ । 

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आज स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । पुराना साथीभाइसँग भेटघाट हुँदा मन प्रसन्न हुनेछ । धार्मिक तथा समाजसेवामूलक कार्यमा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा आत्मीयता र विश्वास अझ गहिरिने सम्भावना छ 

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    लामो समयदेखि रोकिएको काम सफलतापूर्वक सम्पन्न हुनेछ । आफ्नै विवेक र सही निर्णयले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ । छोटो दूरीको यात्रा लाभदायक रहनेछ । महिला वर्गबाट विशेष सहयोग प्राप्त हुने सम्भावना छ । 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आज तपाईंको काममा अवरोध सिर्जना गर्ने व्यक्तिहरू सक्रिय हुन सक्छन् । घरपरिवारका विषयले मन केही चिन्तित बनाउन सक्छ । अनावश्यक विवाद वा झमेलाबाट टाढा रहनु राम्रो हुनेछ । विश्वासपात्र व्यक्तिलाई वचन दिँदा सोचविचार गरेर मात्र प्रतिबद्धता जनाउनुहोस् । 

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    आज रमाइलो तथा फलदायी यात्राको योग रहेको छ । नजिकका व्यक्तिबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ । नयाँ स्थान वा नयाँ वातावरणमा प्रवेश गर्ने अवसर मिल्न सक्छ । सामाजिक तथा धार्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ । 

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आज आफन्त तथा साथीभाइबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ । लगनशीलता र निरन्तर प्रयासले काममा उल्लेखनीय प्रगति हुनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्य अघि बढ्नेछ । सङ्गीत, कला तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    आज रमाइलो यात्राको सम्भावना रहेको छ । दाजुभाइ तथा दिदीबहिनीबाट राम्रो साथ र समर्थन प्राप्त हुनेछ । रोकिएका काम पुनः प्रयास गर्दा सफलता मिल्नेछ । बुद्धि र विवेकको प्रयोगले लक्ष्य हासिल गर्न सहज हुनेछ । 

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आज अधिकार र जिम्मेवारीका विषयमा केही संघर्ष गर्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा सामान्य गलतफहमी आउन सक्ने भएकाले संयम अपनाउनुहोला । नियमित खर्च बढ्ने सम्भावना छ । आर्थिक कारोबार केही सुस्त रहन सक्छ । साँझतिर रमाइलो भ्रमणको योजना बन्नेछ । 

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    आज भाग्यले राम्रो साथ दिनेछ । धार्मिक तथा समाजसेवामूलक कार्यमा रुचि बढ्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम सम्पन्न हुनेछन् । नियम, अनुशासन र जिम्मेवारीलाई बेवास्ता गरेमा भने राम्रो अवसर गुम्न सक्छ । 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आज सोचेका र थालेका काम सफलतापूर्वक सम्पन्न हुनेछन् । कुनै सकारात्मक घटनाले मनमा शान्ति र सन्तुष्टि ल्याउनेछ । शुभ कार्यको चर्चा चल्नेछ । अध्ययन तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । खानपानमा भने विशेष सावधानी अपनाउनु राम्रो हुनेछ । 

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आज आफ्नै दक्षता र मेहनतले महत्त्वपूर्ण काम सम्पन्न गर्न सक्नुहुनेछ । रमाइलो तथा लाभदायक यात्राको योग रहेको छ । वैदेशिक कार्यमा सकारात्मक प्रगति हुनेछ । प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ । 

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    आज साथीभाइसँग सामान्य विवाद वा मतभेद हुन सक्छ । घरपरिवारका विषयले मन केही अशान्त बनाउन सक्छ । कसैमाथि सहजै विश्वास नगर्नुहोला । साँझतिर आकर्षक पहिरन र व्यक्तित्वका कारण सबैको ध्यान तपाईंमाथि केन्द्रित हुनेछ । 

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक २८ २०८३ शनिवार - ०७:००:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij