२०८३ आश्विन २० गते मंगलवार
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज २० गते । मंगलबार । इस्वी सन् २०२६ अक्टोबर ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि– एकादशी, रातको १२ बजेर ४७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अश्लेषा, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त मघा । योग–सिद्ध, बिहान ९ बजेर ५६ मिनेट उप्रान्त साध्य । करण–बव, दिउँसो १ बजेर ५४ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कर्कट, बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त सिंह । एकादशी श्राद्ध ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो २ बजेर ४७ मिनेटदेखि बेलुकी ४ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर २३ मिनेटदेखि बिहान ५ बजेर ११ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। रमणीय र सुखद् यात्राको योग छ। ज्ञानमा वृद्धि हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। आजको मन्त्र- हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा बढी सफलता मिल्नेछ। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि समय सन्तोषजनक रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका छ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु होला। आजको मन्त्र: नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आत्मबलमा कमी आउनेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। स्वास्थ्यप्रति सचेत रहनु होला। तीर्थाटनको योग छ। साँझमा प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। पुँजी बजारबाट राम्रै सफलता मिल्नेछ। मध्य दिनपछि मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धनमाल हात लाग्न सक्छ। साँझमा तनाव बढेको महसुस होला।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रतीक्षा गरिएको काम पूरा हुन सक्छ। जीवनसाथीसँग रमाइलो समय बिताउनु हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न भइएला। मन भावुक र उत्ताउलो बन्न सक्छ। साँझमा अरूलाई प्रभावित पारेर काम बन्नेछ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शुभ समाचार सुन्न पाइएला। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। साँझमा स्वास्थ्यमा तथा सुन्दरतामा धन खर्च हुनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। प्रिय व्यक्तिसँग भेटघाट होला। साँझमा अनावश्यक धन खर्च हुन सक्छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
परदेशमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। वैदेशिक कमबाट सफलता मिल्नेछ। विवाह बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम सहजै सम्पन्न हुनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा शङ्का र दुबिधा उत्पन्न होला। सोचेभन्दा धेरै मेहनत गरेर थोरै मात्रै सफलता प्राप्त गर्न सकिने देखिन्छ। मध्य दिनमा शुभकार्यको चर्चा चल्नेछ। नयाँ वस्त्र, अलंकार प्राप्त हुनेछ।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij