Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

आज (आइतबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (आइतबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 71
    Shares

    आज (आइतबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल असोज १८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी, बिहान ७ बजेर २९ मिनेट उप्रान्त नवमी, रातको  ५ बजेर ८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पुनर्वसु, रातको २ बजेर ३० मिनेट उप्रान्त तिष्य । योग–परिध, दिउँसो ३ बजेर ५० मिनेट उप्रान्त शिव । करण–कौलव, बिहान ७ बजेर २९ मिनेट उप्रान्त तैतिल, बेलुकी ६ बजेर १८ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर ५४ मिनेट उप्रान्त कर्कट । नवमी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४५ मिनेट । दिनमान २९ घडी २८ पला ।

    आजको बार बेला ।
    बिहान ५ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।

    बिहान ५ बजेर ५९ मिनेटदेखि बिहान ७ बजेर २६ मिनेटसम्म चर बेला ।
    बिहान ७ बजेर २७ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म लाभ बेला ।
    बिहान ८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
    बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५२ मिनेटसम्म काल बेला ।
    बिहान ११ बजेर ५३ मिनेटदेखि दिउँसो १ बजेर २० मिनेटसम्म शुभ बेला ।
    दिउँसो १ बजेर २१ मिनेटदेखि दिउँसो २ बजेर ४८ मिनेटसम्म रोग बेला ।
    दिउँसो २ बजेर ४९ मिनेटदेखि बेलुकी ४ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
    बेलुकी ४ बजेर १८ मिनेटदेखि बेलुकी ७ बजेर १७  मिनेटसम्म शुभ बेला ।

    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    बेलुकी ४ बजेर १६ मिनेटदेखि बेलुकी ५ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर २२ मिनेटदेखि बिहान ५ बजेर १० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ।

    वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। राजनीति नगर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन :दिन सामान्य छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। आफन्तबाट नै  धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

    कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। विपक्षीको साथ मिल्नेछ। रोगबाट मुक्त हुने योग छ। परिवारबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

    सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। राजीनिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगबाट मुक्त हुने योग छ। अग्रजको सुझाव अनुसार काम गर्नु उचित हुन्छ।

    कन्या : दिन सामान्य छ। ऋण बढ्ने छ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। बोलीका कारण आफन्त टाढा पुग्नेछन्। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ।

    तुला : दिन राम्रो छ। राम्रो योजना बन्नेछ। पुराना साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

    वृश्चिक : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा नगर्नु उचित हुन्छ। सोचेको काम नबन्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ।

    धनु : दिन राम्रो छ। लगानीबाट फाइदा हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने दिन छ। सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ। शिक्षाको लगानीले खुशी बढाउने छ। सोचेको काम सहज बन्नेछ।

    मकर : दिन राम्रो छ। राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवारसँग रमाइलो घुमघामको योग परेको छ।

    कुम्भ : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। श्रम शोषण गर्नेहरु निरास बन्नेछन्। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा र रोजगारीमा बढुवा हुनेछ। दैनिक काम सहजै बन्नेछ।

    मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। सहकर्मीबाट धोका हुनेछ। परिवारको साथ र सहयोग तपाईंका लागि सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - ०५:५२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij